वीरगन्ज,पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पत्रकार स्वर्गीय पत्रकार नरेश सर्राफको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।स्व. सर्राफको १३औँ दिनको पूण्यतिथीका अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सांसद् यादवले १ लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको हो । सांसद् यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेर भएपनि अर्थ मन्त्रालयबाट सर्राफका परिवारको लागि विशेष राहतको व्यवस्था गर्ने आश्वासन पनि दिनुभएको छ ।पर्साको पत्रकारिता क्षेत्रमा सर्राफको निधनले क्षति भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका यादवले पत्रकारहरुले निष्पक्ष र निडर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ ।सर्राफ स्वच्छ छविका र ईमान्दार पत्रकार भएको बताउँदै यादवले उहाँको जस्तो स्वभाव भएको पत्रकार पर्साले पाउन मुस्किल पर्ने बताउनुभयो । विशेष गरी भूइँतहका र सर्वसाधारण नागरिकका समस्या एवम् पीडाहरुलाई खोजी गरी खोज पत्रकारिता गरेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि यादवले व्यक्त गर्नुभएको छ ।पत्रकारको हकहित र पेसागत सुरक्षा एवम् मर्यादाका लागि सदैव एकतावद्ध भएर लाग्न आग्रह गर्दै पर्साको पत्रकारिताको उचाइलाई अँझै बढाउन पनि उहाँले सुझाव दिनुभएको छ ।सर्राफ पत्रकार मात्रै नभएर सामाजिक अभियानताको रुपमा विभिन्निसामजिक क्रियाकलापहरुमा पनि सक्रिय रहेको स्मरण गर्दै यादवले उहाँको छोटो समयको योगदान पनि अविस्मरणीय रहेको बताउनुभयो ।

Leave a Reply