कलैया,बारामा प्रहरीले बालबालिकालाई चोरेर भारततर्फ लैजादै गरेको अवस्थामा एकजना भारतीयत नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको देवताल गाउँपालिकाबाट दुई जना बालबालिका चोरेर भारततर्फ भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित पूर्वीचम्पारणको मूर्तिया ग्राम पञ्चायत – ४ आदापुर निवासी २२ वर्षीय तबरेज आलम रहेका छन् ।आइतबार दिउँसो देवताल गाउँपालिका – ३ नन्की अमुवा निवासी शिव पूजन महतोको ९ महिने छोरी र सोही स्थानका प्रेमचन्द्र महतोको २ वर्षीय छोरालाई चोरी गरेर भाग्दै गरेको अवस्थामा आलमलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।आलमले दुवै बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लागिरहेको अवस्थामा सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेड क्वाटर बाराले जनाएको छ ।प्रहरीका अनुसार बोर्डर आउट पोस्ट दक्षिणझिटकैयाबाट सशस्त्र प्रहरी नायव निरीक्षक (सई) मिलन श्रेष्ठ नेतृत्वको टोलीले बच्चाहरू रोइरहेको आवाज सुनेपछि आलमलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको बोराभित्र २ जना बालबालिका फेला परेका थिए ।बच्चाहरूको उद्धार गर्दै उनीहरूको अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेका आलमलाई थप कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाइएको छ ।

Leave a Reply