अब फागुन २१ आउनका लागि धेरै समय छैन अनि अब फागुन २१ का लागि अब आज मंगलबार देशभर आम नागरिकहरुका लागि भने रमाइलो हुनेछ । किनभने फागुन २१ का लागि दलहरुले तय गरेका उम्मेदवारहरुले आज मनोनयन गर्नेछन् । उम्मेदवारी दर्ता गराएपछि त अब २१ फागुनमा चुनाव नहोला भन्ने कुरै रहेन ।
आवधिक निर्वाचनको कुरा गर्ने हो भने नेपालमा यसपाला अहिले नै चुनाव आइहाल्ने बेला त भएको थिएन तर गत भदौमा भएको नव पुस्ताको आन्दोलनले देशको राजनीतिक कोर्ष नै परिवर्तन गरिदिएको हो । जे भएपनि अब मुलुक चुनावमा जांदैछ ।
चुनावपछिको वातावरण के बन्छ त्यो त फरक कुरा भयो नै । किनभने यसपालि चुनाव अलि फरक हुने पनि धेरैले अनुमान गरेका छन् । अब अनुमान गरे अनुसारको फरक परिणाममा हुन्छ कि हुन्न त्यसका लागि मतदात आफै जिम्मेवार पनि हुनेछन् । मतदाताले मत परिवर्तन गरे, परिवर्तन हुने हो नत्र त फेरि खासै परिवर्तन नहोला तर यसपाली चुनावका लागि टिकट बितरणमा पनि सबै दलमा एक खालको तनाब देखियो । हुन त संधै केही न केही तनाब त हुन्थ्यो नै तर यसपालि भने फरक देखिएको छ ।
काँग्रेस आफै समस्यामा परेको देखिन्छ अनि एमालेमा पनि यस्तो धेरै देखिएको छ भने अन्य दलको त कुरै नगरौं । अहिलेसम्म नेपालको राजनीतिम ठूला दल यिनीहरु नै छन्, भोलि अरु भए भने त्यसपछि उनीहरुको पनि विश्लेषण हुन्छ नै अहिलेका लागि यी ठूला पार्टीमा टिकट वितरणमा तनाब देखियो । कतिले पार्टी नै छाडेका छन् । यसरी टिकट वितरणमा समस्या भएपछि मत परिणाम कस्तो आउला ? कुरौं फागुन २१ ।















