निजगढ,केही दिनदेखि लगातारको वर्षापछि बकैया खोलामा आएको बाढीले निजगढमा नदी नियन्त्रणको लागि नगरपालिकाले निर्माण गरेको च्यानलाईज ड्यामको केही भाग बगाएको छ ।बाढीले बकैया पुुलमुनिको च्यानलाईज ड्यामको केही भाग बगाएको हो । ड्याम बगेपछि बाढी निजगढतर्फ पर्ने आर्यघाटको पक्की ड्यामतर्फ सोझिएको छ । च्यानलाईज ड्याम बगाए पनि यो वर्ष निजगढमा गत वर्षको जस्तो बाढी बस्ने जोखिम भने नरहेको निजगढ नगरपालिका कार्यालय सहयोग सानु घिमिरेले बताउनुभयो । ‘पोहोर साल पुलको माथिल्लो भागमा ठोक्किएर बाढीको खतरा देखिएको थियो, उहाँले भन्नुभयो, तर यो वर्ष च्यानलाईज ड्याम निर्माण भएपछि खोलाको मुुख्य धार दक्षिणतर्फ लागेको छ ।’

बाढीले च्यानलाईज ड्याम बगाएपछि अहिले बाढी आर्यघाट क्षेत्रमा सोझिएको र उक्त स्थानको पक्की बाधको स्ल्याब बगाउने खतरा देखिएको पनि उहाँले सुनाउनुभयो ।बस्तिमा बाढी पस्ने खतरा देखिएपछि नगरपालिकाले डिभिजन सडक कार्यालय हेटौडाको सहयोगमा २ वटा एक्साभेटरको प्रयोग गरेर गत जेष्ठ महिनाको अन्तिमबाट बकैयामा नदी च्यानलाईजको काम गरेको थियो । २ साता लगाएर बाँध बनाइएकाले बाढीको जोखिम कम भएको घिमिरेको भनाई छ ।
बकैया बगरको पश्चिमपट्टी क्षेत्रमा हुर्केका रुख र थुप्रिएको ग्याग्रनको उचित व्यवस्थापन हुन नसक्दा पूर्वपट्टी नदीको धार ठोक्किएर निजगढमा बर्षेनी बाढीको खतरा रहदैआएको छ ।

यसैबीच बकैया बगरको पश्चिमी भागमा थुप्रिएको ढुङ्ग, गिटी, बालुवा र रुख हटाउने कार्य अझै पनि शुरु हुन सकेको छैन । निजगढमा बाढीको जोखिम कम गर्न नगरपालिका र सडक डिभिजन कार्यालयले गत वर्ष नै सो क्षेत्रको अध्ययन गरेर सो क्षेत्रमा उत्खनन गर्ने योजना बनाएको थियो । यसको लागि डिभिजन सडक कार्यालय हेटौडाले पनि अनुमति प्रदान गरिसकेको छ ।नगरपालिका कार्यालयको अनुरोधमा जिल्ला विपद व्यवस्थापन समिति बाराले सो क्षेत्रको नदीजन्य पदार्थ हटाउन सडक डिभिजन कार्यालय, हेटौंडालाई गत वर्षको असोज महीनामा अनुमति प्रदान गरेको हो ।निजगढ नगरपालिका र डिभिजन सडक कार्यालयका प्राविधिकहरुले गरेको प्रारम्भिक अध्ययनमा पुलमुनि पश्चिमपट्टी उत्तर–दक्षिणतर्फ दुुई सय मिटर लम्बाइ र ७०÷८० मिटर चौडाइ क्षेत्रमा थुप्रिएको नदीजन्य पदार्थ निकाल्नुपर्ने देखिएको सडक डिभिजन कार्यालय हेटौंडाबाट त्यतिबेला खटेका सबइन्जिनीयर दीपेशकुुमार साहले बताउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here