राजनीतिमा धुत्र्याइँँ शव्दको प्रयोग किनै हुन्छ र यसलाई सामान्य रुपमा पनि लिइन्छ होला । तर हदभन्दा बढी भयो भने यो बद्मासीको चरम रुप हुने स्पष्ट छ ।

खासगरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेकपा एमालेको एउटा केन्द्रीय विभागमा नाम देखिएका ‘एम. अधिकारी’ आफू नभएको जिकिर गरेका छन् र एमालेले पनि आफ्नो विभागमा उल्लेखित उक्त व्यक्ति गभर्नर अधिकारी नभएको बताएको छ ।यो दुईतर्फी स्पष्टीकरणबाट तत्काललाई गभर्नर अधिकारीको पदीय योग्यता र वैधतामाथि उठेको गम्भीर कानुनी प्रश्न केही हदसम्म भुत्ते भए पनि सम्पूर्ण आशंका भने निवारण भैसकेको छैन ।

अब केही संचारमाध्यामहरुको कुरा पत्याउने हो भने एम अधिकारीको खोजीमा अहिले एमाले छ । अथवा एम र महावीर एउटै व्यक्ति हुन् । विशेष गरी एमालेले आफ्नो अर्थ तथा योजना विभागमा राखिएका ती एम. अधिकारी खासमा को हुन् भनेर तत्कालै सार्वजनिक नगर्दा उक्त दुईतर्फी स्पष्टीकरणको विश्वसनीयतामाथिको प्रश्न जीवितै रहेको हो ।

अझ एमालेले उक्त व्यक्तिका रूपमा खोटाङ घर भएका एमबाट नाम उठेका कोही अधिकारी थरधारीलाई उभ्याउला, तर त्यतिबेला पनि उक्त व्यक्तिको पार्टी आवद्धताको इतिहास, पेसागत पृष्ठभूमि र विभागीय सदस्य बन्ने योग्यता आदिको विश्वसनीय आधार नभेटिएमा यो प्रश्न ज्युँका त्युँ रहनेछ ।

यसअघि उक्त व्यक्ति यही छोटकरी नामले नै चिनिन्थे कि चिनिँदैनथे भन्ने प्रश्न पनि उठ्छ । कथमकदाचितं सम्पूर्ण रूपमा योग्य देखिने त्यस्तो व्यक्ति पाइएमा पनि गभर्नर अधिकारी स्वयको वैचारिक पृष्ठभूमि, विगतमा पनि यही विभागमा सदस्य रहेको÷राखिएको इतिहास र अहिले प्रयोग गरिएको छद्मनामका कारण लोकले सम्पूर्ण रूपमा विश्वास भने गरिहाल्ने अवस्था छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here