कलैया,जिल्ला प्रशासन कार्यालय बाराले आगामी निर्वाचनमा शान्ति सुरक्षा कायम गर्न व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार तथा खरखजाना बुझाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनाअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाका विभिन्न व्यक्तिका नाममा दर्ता भएका इजाजत प्राप्त हातहतियार तथा खरखजाना माघ १८ गतेभित्र अनिवार्य रूपमा बुझाउनुपर्ने उल्लेख गरिएको छ ।प्रशासनले नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा हातहतियार बुझाउन अनुरोध गरेको छ । तोकिएको समयभित्र नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

Leave a Reply