कलैया,

बाराको फेटा गाउँपालिका वडा न. ५ जोतपुर टोलमा एक कार्यक्रमबीच खाना पकाउने ग्याँस चुल्होको सेट वितरण गरिएको छ । फेटा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अरूणकुमार मंडलले वडा स्तरीय बजेटबाट आफ्नो गाउँका प्रत्येक घर परिवारलाई एक÷एक थान ग्यास सिलिन्डर, चुल्हो, रेगुलेटर, पाइप र लाइटर वितरण गरेको हो । गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद र उपाध्यक्ष कमरून खातुनको उपस्थितिमा ग्याँस चुल्होको सेट वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here