निजगढ,लायन्स क्लब आफ निजगढ सिटीको आयोजनामा निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोलमा सुरु भएको निशुल्क स्वास्थ्य शिवीरको निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेले एक कार्यक्रमबीच शुक्रबार उद्धघाटन गर्नु भएको छ । उद्धघाटन कार्यक्रममा बोल्दै उपप्रमुख लामिछानेले ग्रामीण भेगका सर्वसाधारण जनताको स्वास्थ्य संरक्षणको लागि शीविर उपभयोगी हुने बताउनुभयो ।

२ दिनसम्म चल्ने सो शिवीरमा जनरल फिजिसियन, जनरल सर्जरीलगायत बालरोग, हाडजोनी, नसा, नाक, कान, घाँटी, छाला रोग विशेषज्ञ एंव बाल रोग, स्त्री तथा प्रजनन, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ चिकित्सकहरुले बिरामीको स्वास्थ्य परीक्षण गर्नुको साथै बिरामीहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । शिवीरको पहिलो दिन शुक्रबार ४ सय ३५ जना बिरामीले स्वास्थ परीक्षण र १ सय २५ जनाको भिडियो एक्स रे समेत गरिएको क्लबका अध्यक्ष मणिश्वर घिमिरेले बताउनुभयो ।

क्लबका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको शिवीर उद्धघाटन कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुवर, गौरीशंकर माध्यमिक विद्यालय सडकटोल व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटा, लायन्स ३२५ ए २ का डिस्ट्रिक सहप्रमुख शम्भु थापा, लायन्स क्लब रिजनल चियर पर्शन महेश न्यौपानेलगायतले स्वास्थ्य शिवीरको महत्वको बारेमा बोल्नु भएको थियो । कार्यक्रमको संचालन लायन्स क्लब जोन चियर पर्शन खडकप्रसाद उप्रेतीले गर्नु भएको थियो । लायन्स क्लब अफ निजगढ युथको सहआयोजनामा भइरहेको सो शिवीरमा निजगढ नगरपालिका वडा नम्बर ६ वडा कार्यालय र निजगढ नगरपालिका वडा नम्बर ८ स्थित निजगढ सिटी हस्पिटलको पनि सहयोग रहेको छ ।

Leave a Reply