मुख्यत :  आफ्नो क्षेत्रभित्रको सरकारी सम्पत्तिको रक्षा गर्नु स्थानीय निकायको कर्तव्य हो ।तर रक्षक नै भक्षक भनेजस्तो काठमाडौं महानगरपालिकाले छाउनीस्थित राष्ट्रिय संग्रहालयमा डोजर चलाएको छ । संग्रहालयको स्टाफ–घर र कम्पाउन्डमा डोजर चलाएपछि संग्रहालयको सुरक्षामा गम्भीर चुनौति भएको छ ।डोजर आतंक भएपछि संग्रहालय प्रशासनले प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कालिमाटीमा क्षतिपूर्ति र सुरक्षाको माग गर्दै पत्र पठाएको थियो ।
राष्ट्रिय संग्रहालयको स्वामित्वमा रहेको महेन्द्र स्मृति संग्रहालयको दक्षिण–पूर्वको बाटो किनारमा अवस्थित १ रोपनी ८ आना १ पैसा जग्गामा रहेको संग्रहालयको सुरक्षा र सरसफाइ कार्यसँग सम्बन्धित कर्मचारीहरुले आवासको रुपमा प्रयोग गरिरहेका तीन वटा आवास गृहको कम्पाउन्ड भत्काएको संग्रहालय प्रशासनले जनाएको छ । कामनपा प्रहरीले बिना जानकारी भवन भत्काएपछि दुई निकायबीच भनाभन भएको छ । रक्षा गर्नुपर्ने निकायले जानकारी नै नदिई भवन भत्काएपछि समस्या बढेको छ ।

त्यसो त भवन भत्काएपछि संग्रहालय प्रशासनले आधा दर्जन बढी सरोकार निकायमा पत्राचार गरेको छ । क्षति पु¥याउनेमाथि क्षति भएका सबै सम्पत्तिको क्षतिपूर्ति भराई उक्त कार्यमा संलग्नहरुलाई हदैसम्मको कानुनी कारबाही गर्न आग्रहसहितको पत्र सम्बन्धित निकायमा पुगे पनि कार्यान्वयन हुन सकेको छैन ।साबिक टंकेश्वर गाविस– ९ ‘ख’को कित्ता नं. ४९, ५०, ६२, ६३ र ६५ को जग्गा राष्ट्रिय संग्रहालय छाउनीअन्तर्गत महेन्द्र स्मृति संग्रहालयको नाममा जग्गाधनी पुर्जा छ । संग्रहालयले ९ दिनअघि अर्थात् पुस ७ मा आफ्नो नाममा धनी पुर्जा बनाइसकेको छ । यस्तोमा सरकारी सम्पतिको संरक्षणमा महानगरपालिकाले संरक्षकको भूमिका निर्वाहा गर्न आवश्यक छ ।

 

Leave a Reply