पुष्पराज खतिवडा
३० जेष्ठ २०७८
बारा
कृषि तथा पशुपन्छि मन्त्री ज्वाला कुमारी साहलाई आईतबार साँझ गृहनगर जीतपुरसिमरा उपमहानगरपालिका–१६को पिलुवाका स्थानियले भब्य स्वागत गरेका छन् । गत विहिबार नेपाल सरकारको कृषि तथा पशुपन्छि मन्त्रीमा नियुक्त भएर पहिलो पटक जिल्ला आउनु भएकी साहलाई आफ्नै गाउँमा भब्य स्वागत गरिएको हो ।
मन्त्री साहको स्वागतका लागि पार्टीका कार्यकर्ता , आफन्त, घरगाउँले र शुभचिन्तकहरुको बाक्लै उपस्थीति थियो । मन्त्रीको स्वागतका लागि चोकचोक र घरघरमा घडा राखिएको थियो । टिका, माला, खादा र पुष्प गुच्छाले मन्त्री साहको भब्य स्वागत गरिएको हो । आफ्नै गाउँकी बुहारी नेपाल सरकारको मन्त्री जस्तो उच्च पदमा पुग्दा सारै खुःशी लागेको स्थानिय कल्पना देवकोटाले बताउनु भयो । वहाँ सारै भाग्यमानी हुँनुहुँदो रैछ । सामान्य गरिब किसानकी बुहारी देशको ठुलो पदमा पुग्नु हामी गाउँबासीको पनि भाग्यको कुरा हो , देवकोटाले भन्नु भयो ।
मन्त्रीको स्वागतमा जम्मा भएका कार्यकर्ता आफन्त एवं शुभचिन्तकहरुका बिच छोटो मन्तब्य राख्नु हुँदै कृषि मन्त्री साहले सिंचाई र विद्युतिकरणमा सहुलियत गर्ने बताउनु भयो । कृषि उत्पादनको बजारीकरण, विपद् न्युनिकरणका लागि कृषि विमा लगायतका कृषि मैत्री योजनामा आफुले काम गर्ने वहाँले बताउनु भयो । उपस्थीतका तर्फबाट स्थानिय एमाले नेता हरिदेव खरेलले कृषि उत्पादन र पशु उतपादन दुधको किसानले उचित मुल्य नपाएको गुनासो गर्नु भएको थियो । नेता खरेलको गुनासोलाई सम्बोधन गराउने प्रकृया तत्काल लाग्ने मन्त्री साहले प्रतिवद्धता जनाउनु भयो ।
वहाँलाई जिल्लाको सदरमुकाम कलैयामा पार्टीका नेता कार्यर्ता सहित कानु समाजले समेत भब्य स्वागत गरेको छ । शनिबार बनेपा बर्दिबास हुँदै जनकपुर पुगेर बारा आउनु भएकी मन्त्री साहलाई सोमबार सिमरामा समेत भब्य स्वागत गर्ने तयारी भैरहेको छ । मन्त्री साह सोमबारनै मन्त्री परिषदको बैठक भ्याउने गरी काठामाण्डौ फर्कने कार्यक्रम रहेको वहाँ स्वकिय सचिब अमृत शर्मा बजगाईले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here