खासगरी सरकारले हरेक वर्ष विकास खर्च बढाउने घोषणा गर्दै आएको छ । तर लक्ष्य अनुसारको विकास खर्च भने गर्न सकिरहेको छैन । राष्ट्रिय गौरवका आयोजनादेखि अन्य विकास निर्माणको कामले अपेक्षाकृत रुपमा गति लिन नसक्दा विकास खर्च न्यून हुने गरेको छ । कतिपय आयोजना बजेट अभावमा अलपत्र पर्दा विनियोजन भएको विकास खर्चका आयोजनाले काम गर्नसकिरहेका छैनन् ।आर्थिक वर्ष २०७८–०७९ को विकास खर्च गत वर्षभन्दा न्यून देखिएको छ ।

विनाशकारी महाभूकम्प र कोभिड महामारीजस्ता संकटमा जस्ता संकटको अवस्था नहुँदा समेत सरकारले विकास खर्च बढाउन सकेन । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक विनियोजनको ५७.७७ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । गत आर्थिक वर्ष २०७८—०७९ का लागि पुँजीगत शीर्षकमा ३ खर्ब ७४ अर्ब २६ करोड रुपियाँ विनियोजन गरिएको छ । असार मसान्तसम्मको तथ्याङक हेर्दा उक्त बजेटमध्ये २ खर्ब १६ अर्ब २१ करोड ३८ लाख रुपियाँ बराबर मात्रै खर्च भएको छ ।विकास खर्च गर्ने मन्त्रालयहरुको इच्छाशक्ति विकास बजेट खर्च नहुनुमा मुख्य कमजोरी देखिन्छ ।

शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छोटो समयमा मन्त्री परिवर्तन हुँदा फेरिएको प्राथमिकताले पनि विकास खर्च बढाउन असहयोग गरेको देखिन्छ । सरकारले जुन उद्देश्य र लक्ष्यको साथ कार्यक्रम अघि बढाएको थियो सो अनुसार कर्मचारी सयन्त्रको सक्रियता नहुँदा अपेक्षाकृत रुपमा परिणाम हासिल गर्न सकेको देखिदैन । विकास खर्च बढ्न नसक्नुको अर्को कारण भनेको योजना नै भएका आयोजनाहरुमा बजेट विनियोजन गर्नु हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here