हामीले वीरगञ्ज अशान्त भएदेखि नै यो शहरलाई शान्त बनाउने बिषयमा कुरा उठाउनै आयौं । वीरगञ्ज मा जे भइरहेको थियो र त्यो एकदमै गलत थियो भन्ने कुरा हामीले पटक पटक भन्यौं । अन्ततः यो प्रमार्णित पनि भएको छ । कुनै पनि धर्मले कसैको निषेध गरेको छैन । हिन्दुको गीता होस् वा मुस्लिमको कुरान नै किन नहोस्, यी सबैको एउटै उद्देश्य भनेको मानवता नै हो । मान्छेले मान्छेलाई सम्मान गर्नु,आदर गर्नु भन्दा ठूलो धर्म केही छैन ।
थवा यसो भनौं,मानवता भन्दा ठूलो धर्म केही छैन । यत्ति कुरा बुझेको खण्डमा धर्मको नाउँमा लडाई गर्नु नै पर्नेन र समाजमा केही यस्ता तत्व हुन्छन् जसले यस्तै बेलामा अराजकता फैलाएरु आफ्नो स्वार्थ पूरा गर्न तर्फ लाग्छन् ।यस्तोमा सबै सचेत हुनुपर्दछ ।
मंगलबार धार्मिक अगुवा सहितको बैठकले वीरगञ्ज लार्य शान्त बनाउने प्रयास गरे र बुधबारबाट वीरगन्ज सामान्य पनि भयो ।  यस्तोमा राजनीतिक दल सहित धार्मिक अगुवाहरुको भूमिका महत्वपूर्ण भनेर हामीले नै भनेका थियौं र यो कुरामा स्थानीय प्रशासनले पहल कदम लियो र सहमति पनि भयो अनि वीरगञ्ज मा हुने संभावित झडप पनि अन्त्य भयो । वीरगञ्ज यस्तो बहर हो,यहाँ सबै जात,धर्म र समुदायका मानिसहरु बस्छन् । त्यसैले त वीरगञ्ज सुन्दर छ ।
एक जात र एक समुदायको बसोवास गर्ने मात्र स्थान भएको  भए वीरगन्ज पक्कै यत्ति सुन्दर हुने थिएन । हिन्दुर मुस्लिमको वीरगञ्जमा घर आँगन जोडिएको छ । कसैले चाहदैनमा यो सद्भाव अन्त्य पनि हुदैन भन्ने कुरा पछिल्लो घटनाक्रमले पनि पु.ष्टी गरेको छ  यो संभव पनि छैन र सद्भाव कायम पनि राख्नु पर्दछ र अब वीरगञ्ज शान्त हुनु पर्दछ अब यस्तो घटना वीरगन्जमा कहिल्यै नहोस् ।

Leave a Reply