काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज उहाँले राजीनामा बुझाउनुभएको हो । राजीनामा लगत्तै उनले अहिले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुभएको छ ।
जेनजी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त हुनुभएको थियो ।प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो ।
विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराउनुभएका घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमति गरी एकता गर्नुभएको थियो ।गैरदलीय सरकारको मन्त्री पदमा रहेकै दौरान घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै राजीनामा दिनुपर्ने आवाज उठको थियो ।सामाजिक सञ्जाल र जनस्तरमा मन्त्रीहरूको राजनीतिक गतिविधिमाथि प्रश्न उठेपछि सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले राजीनामा दिन भन्नुभएको थियो ।

















