बिदुर खडका
बारा – मर्यादित काम र मर्यादित ज्याला का अभियानता तथा जिफन्टका नेता दिनेस राईले बिगतको श्र्रम ऐन मजदुर बिरोधि भएकोले संसोधन भएको जनाएकाछन । संसोधित ऐनलाई ब्याबहारमा लागु गर्न उद्योगिहरुलाई दबाब दिईरहेको जनाएका हुन । २०७४ को संसोधित श्र्रम ऐनले उद्योग कलकारखाना होस वा कृषि घरेलु कामदारलाई काम लगाएको नियमित दिनदेखि दैनिक ५१७ ज्याला दिन पर्ने संसोधित ऐनमा तोकिय पनि हाल संम्म ब्याबहारमा आउन नसकेको सुइकारेकाहुन ।
रोजगार दाताहरुले मजदुरहरुलाई कामको बर्गिकरण अनुसार नियमित काम, आकस्मिक काम, भैपरिआउने काम, र समय निर्धारित काम को बर्गिकरण अनुसार स्थाई गर्नुपर्ने ऐनमा ब्याबस्था रहेको जनाएकाछन । हाल बिबिध क्षेत्रमा का मगर्ने मजदुरहरु १ करोड ४१ लाख रहेको भएपनि अनौपचारिक क्षेत्रमा कामगर्ने मजदुरहरुले हालपनि निउनतम ज्याला पाउन नसकेको कारण द्रेड युनियन माहासंग जिफन्ट ले मर्यादित काम र मर्यादित श्र्रम अभियान चालेको राईको दाबिछ ।
हालको सरकार श्र्रमजिबि बर्गको सरकार भनिन्छ मजदुरहरुको माग पुरा गराउन किन नसकेको भन्ने जिज्ञासामा २००३ साल देखि अनवरतरुपमा मजदुरहरुले सरका संग बिभिन्न माग राखि आन्दोलन गरि याहासंम्म को सफलता हासिल गरिरहेकोले आगामि दिनहरुमा पनि समय र आबसेकता अनुसार क्रमिकरुपमा मागहरु पुराहुदै जानेमा मजदुरहरु आसाबादि रहेको नेकपाका केन्दृय सदस्य समेत रहेका राई बताउछन ।