बिहीवार लोकतन्त्र दिवसको सम्झना गरियो ।२०६३ साल बैशाख ११ गते नेपालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले विघटन भएको प्रतिनिधि सभा पुर्नस्थापना गरेर लोकतन्त्रको उदय गराएको राजनीतिक दलहरुमा बिश्वास छ ।मुलुकमा भएको सशस्त्र संघर्ष र १९ दिनको जनआन्दोलनबाट मात्रै ज्ञानेन्द्र शाह यो कदम चाल्न बाध्य हुनुभएको थियो । नेपालमा राजसंस्थाको औपचारिक अन्त्यको शुरुवात पनि यही दिनबाट भएको थियो । यसको करिब एक वर्षपछि संबिधान सभाको चुनाव भएपछि जनमतमार्फत नै राजसंस्थाको बिदाइ भएको हो ।

यो हिसावले जनताले लडेर नै नेपालमा लोकतन्त्र ल्याएका हुन् । हजारौंको बलिदान लोकतन्त्र ल्याउनमा भएको छ तर लोकतन्त्र स्थापना भएको दुई दशक नहुदै योमाथि प्रहार सुरु भएको छ । पहिला त लोकतन्त्र भनेको केपी ओली, शेरबहादुर देउवा तथा प्रचण्डहरुका लागि मात्रै आएको हो र ल्याइएको हो भन्ने भ्रम जनमानसमा रहेको छ । जुन एकदमै गलत छ । लोकतन्त्र जनताका लागि ल्याइएको भएपनि नागरिकहरु यो कुरामा आस्वस्त हुनसकेका छैनन ।
तर, वास्तविक लोकतन्त्र व्यवहारमा आएको पनि छैन । यत्ति छिट्टै नआउन पनि सक्छ तर दलाल नै भएपनि लोकतन्त्र र राजतन्त्रमा धेरै फरक रहन्छ । त्यसैले लोकतन्त्रको विकल्प राजतन्ँत्र हुनसक्दैन ।

लोकतन्त्रको विकल्प जनतले अनुभुति पाउने गरी परिवर्तन हो । यो नेपालमा भएको छैन तर बिस्तारै पक्कै हुन्छ भन्ने आश चाही राख्नुपर्छ । लोकतान्त्रिक गणतन्त्रको यो दुई दशकको अवधिमा नेपालमा धेरै काम भएका छन् अझै हुन्छन् । त्यसैले लोकतन्त्रलाई नै धरापमा पार्नु चैं हुदैहुदैन ।

Leave a Reply