नरेश गुप्ता
बरियारपुर – प्रदेश न २ को भौतिक पुर्वाधार तथा बिकास मन्त्री जितेन्द्र सोनल संघिय सरकारले प्रदेश न २ लाई उपेक्षित गरेको आरोप लगाउनु भएको छ । जिल्ला समन्वय समिति बाराको सभाहलमा आयोजित बेटि पढाउ , बेटि बचाउ अभियान अन्तर्गत छोरी बिमा शिविर सप्ताह कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मन्त्री सोनलले बताउनु भयो ।
बेटि पढाउ , बेटि बचाउ कार्यक्रम प्रदेश न २ मा प्रभावकारी बन्दै गएको वहाले बताए । संघिय सरकारले प्रदेश न २ को काम ,कर्तव्य, नीति नियम परिमार्जनमा हस्तक्षेप गर्दै आएको वहाले बताउनु भयो । संघियता समाप्त गर्ने रणनीतिमा नेकपाको सरकार लागि परेको मन्त्री सोनलले बताउनु भयो ।
जिल्ला समन्वय समिती बाराको संयोजक नवलकिशोर सिहको अध्यक्षतामा समपन कार्यक्रममा प्रदेश सभासद पारस साह , बच्चा राउत अहिर , तरुन दल बाराको अध्यक्ष लोकेश सिह , प्रसौनी गाउपालिका अध्यक्ष भोला गुप्ता लगायत स्थानिय तहको प्रमुख , सुरक्षाकर्मी ,संचारक्रमी लगायतको सहभागिता रहेको थियो ।