बिदुर खडका
डुमरवाना,एपीएफ पिलुवाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ मा आयोजित प्रथम वडाध्यक्ष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।फाइनल खेलमा एपीएफ महोत्तरीलाई ३–२ सेटमा पराजित गर्दै एपीएफ पिलुवाले उपाधि उचालेको हो । दुई विभागिय टिमको उपाधी भिडन्त रोमाञ्चक बनेको थियो ।उपाधि विजेता एपीएफ पिलुवाले नगद ८० हजार र उपविजेता एपीएफ महोत्तरीले ४० हजार प्राप्त गरेको छ । मधेस प्रदेशसभाका सदस्य एवम् समापन कार्यक्रमका प्रमुख अतिथि देवनारायण चौधरीले खेलाडी र टिमलाई पुरस्कार वितरण गर्नुभएको थियो ।जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र वडा नं. १३ को सहयोगमा डुमरवाना विकास मंचले आयोजना गरेको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।समापन कार्यक्रममा वडा नं. १३ का वडाध्यक्ष हेमनारायण चौधरी, वडा नं. १२ का वडाध्यक्ष श्यामबाबु खाँलगायतको उपस्थिति रहेको थियो ।


















