निजगढ,निजगढ ९ स्थित आर्दश सदावहार सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा रामकुमार श्रेष्ठ सर्वसम्मत रुपमा चुनिनुभएको छ ।समूहको आज भएको उपभोक्ता भेलाले अध्यक्ष श्रेष्ठसहित १५ सदस्यीय कार्यसमितिलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । समूहको उपाध्यक्ष मैया फुयाल, सचिवमा रोमकुमारी मैनाली, कोषाध्यक्षमा बलराम आलेमगर र सह–सचिवमा धनजित तामाङ्ग चुनिनुभएको छ । त्यसैगरी सदस्यहरुमा रक्षुलाल श्रेष्ठ, दिनेश श्रेष्ठ, शर्मिला विक, पुन्यश्वरी श्रेष्ठ, वृन्दा श्रेष्ठ, हेमकुमारी उप्रेती, जमुना भण्डारी र कोपिला तिमल्सिना चयन हुनुभएको हो ।
समूहका उपभोक्ताहरुबीच सहमति भएपछि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
गत कार्तिक २८ गते भएको समूहको साधारण सभाले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्न सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाई, फेकोफन निजगढ नगर अध्यक्ष कुशबहादुर थापा र सबडिभिजन वन कार्यालय निजगढकी अधिकृत शर्मिला नेपाल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
समितिले उपभोक्ता र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुसंग भएको सहमतिको आधारमा प्रस्ताव गरेको पदाधिकारीहरुको नाम उपभोक्ता भेलाले सर्वसम्मत रुपमा पारित गरेको समूहका नवनिर्वाचित अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।



















