कलैया,पूर्वपश्चिम राजमार्गको निजगढ– पथलैया सडक खण्डमा गत कात्तिक ६ गते भएको सवारी दुर्घटनामा घाईते नाबालिकको उपचारको क्रममा मृत्यु भएको छ । भारतको मोतिहारी घर भएका २२ वर्षीय सरोजकुमार साहको छोरी ४ वर्षीया अंशिका कुमारी साहको मृत्यु भएको हो ।
घाइते नाबालिकाको उपचारको क्रममा आइतबार राति साढे ११ बजे एलएस न्यूरो हस्पिटल वीरगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
कात्तिक ६ गते बिहान सवा ६ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत निजगढबाट पश्चिमतर्फ टाँगिया बस्ती जाने बाटोमा सवारी दुर्घटना भएको थियो । पथलैयाबाट चपुर जादै गरेको ना १ ज ७२४५ नं. को जिपको बाँयातर्फको चक्का अचानक पड्किएर अनियन्त्रित भई पल्टिएको थियो दुर्घटनामा अंशिकासहित ५ जना घाइते भएका थिए ।
त्यसैगरी बारा जिल्लाको विभिन्न तीन ठाउँमा सवारी दुर्घटना हुँदा सोमवार ६ वर्षीय बालकसहित ७ जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका– २२ अमेखगञ्जमा मोटरसाइकल र अटो ठोक्किदा तीन जना घाइते भएका हुन् । पथलैयाबाट हेटौडातर्फ जाँदै गरेको ना १ ह ८२७४ नम्बरको अटोलाई सोही दिशातर्फ जादै गरेको बा.प्र.–०२–०२८ प १५४ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको हो ।
दुर्घटनामा अटो चालक जीतपुरसिमरा– २१ गुरुङ टोल बस्ने ३५ वर्षीय राजु गुरुङ, मोटरसाइकल चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१ का २२ वर्षीया सागर श्रेष्ठ, मोटरसाईकल पछाडि बस्ने ५३ वर्षीया गंगा श्रेष्ठ घाईते भएका हुन् । उनीहरुको खुट्टा, हात र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । तिनै जना घाइतेको अल्पलाइन अस्पताल सिमरामा उपचार भइरहेको छ ।
सोमबार बिहानै साढे ६ बजे बाराको परवानीपुर गाउँपालिका– ५ नौतन स्थित बिनायक आयल स्टोर नजिकै भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् । वीरगन्जबाट कलैयातर्फ जादै गरेको प्रदेश २–०३–००३ प १५७७ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा नौतन गाउँकै पैदल यात्री १८ वर्षीय समिर पटेल, मोटरसाइकल चालक कलैया ७ बस्ने २५ वर्षीय निरज उपाध्याय र मोटरसाइकलको पछाडि बसेका कलैया–७ कै २० वर्षीय अर्जुन साह घाइते भएका हुन् ।
टाउकोमा चोट लागेका कारण निरजको अवस्था गम्भीर छ भने अन्य दुवै जनाको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ । उनीहरुको वीरगन्जस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।
त्यसैगरी बिश्रामपुर गाउँपालिका– ५ इटियाहीस्थित मटियाहीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । वीरगन्ज १७ बस्ने सञ्जय साह कानुको ६ वर्षीय छोरा घाइते भएका हुन् । सोमवार बिहान साढे ९ बजे उनलाई ना २१ प ९५७ नंको मोटरसाइकलले ठक्कर दिएको थियो । घाइते बालकको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


















