सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा व्यावसायिक फलफूल खेतीका लागि निःशुल्क विरुवा वितरण गरिएको छ ।बस्ती आसपासको क्षेत्रमा हरियाली बनाउने अभियानसँगै आयआर्जनमा सहयोग पुग्ने उद्देश्यका साथ वडा कार्यालयले सो विरुवा वितरण गरेको हो ।वडाका ३ सय घरधुरी परिवारलाई बिहीवार २ वटाका दरले बिरुवा वितरण गरिएको वडाध्यक्ष ताराबहादुर कार्कीले बताउनुभयो । वडा कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट आँप, अनार, लिची, कटहर, अमला, अम्बा जस्ता फलफूलका विरुवा वितरण गरेको होत्यस्तै वडा नम्बर ३ को कार्यालय बजनीले बिरुवा हुर्काउने परिवारलाई प्रतिविरुवा १ हजारको दरले अनुदान दिने पनि जनाएको छ । वडा अध्यक्ष कार्कीका अनुसार उनीहरुलाई आर्थिक वर्ष ०८१-०८२ र ०८२-०८३ देखि वडा समितिको निर्णय अनुसार अनुदान दिने जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here