बीरगंज, १३ भदौ ।
वीरगञ्ज हेल्थ केयर हस्पिटलका जेनरल तथा लेप्रोस्कोपिक सर्जन डा.आशिफ अंसारीलाई कारबाहीको माग गर्दै सोमबार वीरगञ्जमा विरोध प्रदर्शन भएको छ । डा.अन्सारीले पित्तथैलीमा रहेको पथ्थरीको शल्यक्रिया गर्दा एक जनाको ज्यान गएपछि उनलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो । गएको साउन २६ गते सोही अस्पतालमा भर्ना भएका पर्सा जिल्लाको छिपहरमाई गाउ“पालिका वडा नम्बर २ का ३२ वर्षीय फिरोज मिया“ अन्सारीको पित्तथैलीमा रहेको पथ्थरीको डा.अन्सारीले शल्यक्रिया गरेका थिए ।

डा.अन्सारीले लापरवाहीपूर्ण तरिकाले शल्यकृया गर्दा बिरामीको अत्याधिक रक्तश्राव भएर शल्यकृया असफल भएको र पुनः दोस्रो पटक शल्यकृया गर्दा शरीरमा संक्रमण देखा परेर अवस्था जटिल बनेपछि काठमाण्डौको मेडिसिटी अस्पताल पुर्याउनु परेको थियो । मेडिसिटी अस्पतालमा पुग्दा बिरामीको स्वास्थ्य जटिल भइसकेकाले उनको त्यही निधन हुन पुगेको थियो । फिरोजको निधनपछि उनका परिवारले निरन्तर डा.अन्सारीलाई कारबाहीको माग गर्दै संघर्ष गर्दै आएका छन् ।

सोमबार पनि वीरगञ्जमा डा.अन्सारीलाई कारबाही गर्न माग गर्दै आयोजित विरोध कार्यक्रममा कांग्रेसका युवा नेता एवं स्थानीय नविन सिंहले चिकित्सक संघको नाममा झोले डाक्टरहरुलाई संरक्षण गर्ने काम नगर्न चेतावनी दिए ।

पीडितलाई न्याय र दोषीलाई सजाय नभए आन्दोलन झन चर्किने चेतावनी उनले दिए । बिरामीको उपचारमा हेलचेक्र्याई गर्ने डाक्टरलाई संरक्षण गर्ने चिकित्सक संघका पदाधिकारीहरुलाई कालोमोसो दल्ने चेतावनी पनि उनले दिएका छन् ।

Leave a Reply