कलैया,कलैयाको मुख्य बजारमा रहेको हनुमान मंदिर व्यवस्थापन समिति शनिवार पुनर्गठन गरिएको छ ।कलैया उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहनबहादुर क्षेत्रीको विशेष उपस्थिति तथा स्थानीय बासिन्दा र समाजसेवीहरुको भेलाले उमेशचन्द्र गुप्ताको अध्यक्षतामा ११ सदस्यीय मन्दिर व्यवस्थापन समिति गठन भएको हो ।नवगठित समितिको उपाध्यक्षमा बिजयकुमार साह, सचिवमा ललनप्रसाद साह, कोषाध्यक्षमा राजाप्रसाद दास र सदस्यहरुमा भरतलाल अग्रवाल, बैधनाथ प्रसाद दास, कन्हैया दास, हरिन्द्र साह कानु, सुशीलप्रसाद साह, हरिओम दास र पवन सरार्फ रहेका छ्न ।त्यसैगरी समितिको सल्लाहकारहरुमा संजय तिवारी, संतोष (अजय बुढा) र सरोजप्रसाद साह रहेका छ्न ।नवगठित समितिले मन्दिरमा पूजापाठ तथा व्यवस्थापन सम्बन्धि क्रियाकलापहरु नियमित रुपले संचालन गर्ने बताइएको छ ।

Leave a Reply