राजन कुमार बानिया
पोखरिया,पर्साको कालिकामाई गाउँपालिकामा सरुवा भइआउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाको शुक्रबार कार्यालयमा स्वागत गरिएको छ ।कार्यालयमा हाजिर भएसंगै पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले परिचयात्मक कार्यक्रम सहित प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको स्वागत गरेका हुन । कालिकामाई गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष फुलमती देबी बरैनसहित जनप्रतिनिधिहरु र कर्मचारीहरुले गम्छा र फूलमाला लगाएर स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले गाउँपालिकाको काम कारबाही नियमसंगत रुपमा संचालन गर्ने तथा विकासका गतिविधिले पनि गति पाउने बताउनुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष लालबाबु चौरसिया, संजय पटेल, सोनालाल चौरसिया, संजयप्रसाद गोढ, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया, कृषि प्रमुख रणधिर चौरसिया, जिन्शी प्रमुख बिक्रम चौरसियालगायत जनप्रतिनिधि कर्मचारीलगायत स्थानीयहरुको पनि सहभागिता रहेको थियोे ।कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरीको भने जिल्लाको जिराभवानी गाउँपालिकामा सरुवा भएको छ ।

















