निजगढ,निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरीमा धारिलो खुर्पाले हिर्काएर सर्वसाधारणलाई घाइते बनाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नम्बर ११ का वर्ष २२ का वन झाक्री भनिने अनिल तामाङ्गलाई मंगलबार राति ८.३० बजे पक्राउ गरेको हो ।

मानसिक सन्तुलन ठिक नभएका तामाङ्गले निजगढ नगरपालिका वडा नम्बर ११ पश्चिम टोलका राउतलाई जंगलबाट घाँस लिएर घर फर्किदै गरेको अवस्थामा धारिलो खुर्पाले हिर्काएर घाइते बनाएका थिए । राउतको टाउको, निधार र शरीरका विभिन्न भागमा खुर्पाले हिर्काएर गहिरो चोट लागेको छ । घाइतेको अवस्थामा सुधार नभएपछि बुधबार दिउसो थप उपचारकोलागि काठमाण्डौंस्थित मेडिसिटी अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकर चौधरीले जानकारी दिनुभयो । राउतको वयोधा अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उपचारको लागि काठमाण्डौं पठाइएको निरीक्षक चौधरीले जानकारी दिनुभयो ।

राउतलाई आक्रमण गरेपछि गाउँ नजिकैको जंगलमा पसेका तामाङ्ग साही साँझ फेरि गाउँमा आएर सर्वसाधारणमाथि आक्रमण प्रयास गरेपछि स्थानीयले निजगढ प्रहरीलाई खबर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here