जियालाल चौधरी
कोल्हबी,बाराको कोल्हबी नगरपालिकामा वडा नम्बर १ रमपुर्वास्थित मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सोमवार एक समारोहका बीच ईलाका प्रहरी कार्यालय कोल्हबीलाई १५ थान प्लास्टिकका कुर्सी सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी कार्यालयमा कुर्सी सहयोग गरेको हो ।मेरो माइक्रोफाइनान्स मधेस प्रदेशका प्रमुख रामकिशोरप्रसाद कुशवाहको अध्यक्ष्यता र कोल्हबी वडा नम्बर १ का अध्यक्ष राजहरण चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फाइनान्सका शैलेन्द्र चौधरीले प्रहरी निरीक्षक भोलामान सिंलाई कुर्सी प्रदान गर्नुभएको हो ।कार्यक्रममा शिक्षक संघ बाराका अध्यक्ष बिरेन्द्र चौधरी, नेपाली कांग्रेस कोल्हबी नगर सभापती बिरेन्द्रप्रसाद चौधरी राष्ट्रिय अनुसन्धान विभाग कोल्हबीका अशोक चौधरी, रेडियो पातालगङगाका धिरेन्द्र पनुहर लगायत स्थानीय सञ्चारकर्मी र ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरीहरुको उपस्थिति रहेको थियो ।

















