वीरगञ्ज,पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य पश्चिम चम्पारणग्राम नरकटिया ११ का २६ वर्षीय सुमित कुमार रहेका छन् ।इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा जगरनाथपुरबाट जानकीटोला तर्फ आउँदै गरेको बिआर २२ बिएल ०६३२ नम्बरको मोटरसाइकललाई रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा सुमितको शरीरमा प्लाष्टिकले बेरिएको अवस्थामा तीन किलो एक सय २० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको हो ।यसैगरी उनीसंग २६ हजार पाँच सय भारतीय रुपैयाँसमेत बरामद भएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीले जनाउनुभएको छ ।बरामद लागूऔषध र मोटरसाइकलसहित सुमितलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















