यतिबेला नेपालमा मात्रै होइन पूरै बिश्व नै कोरोनाबाट आक्रान्त छ । र यसको असर सबै क्षेत्रमा देखिएको छ । त्यसो त नेपालमा समेत कोरोनाले दैनिकी तहस नहस बनाएको छ । यहाँको आर्थिक क्षेत्रसंगै सामाजिक र अन्य क्षेत्र समेत अस्तव्यस्त बनाएको छ । त्यसैले पनि कोरोना विरुद्धको यो लडाइ अब साझा भएको छ । सबैले सहयोग नगरेसम्म अब कोरोनालाई परास्त गर्न पनि सहज छैन यो आजसम्मको घटनाक्रमले स्प्ष्ट बनाएको छ ।

त्यसो त आजको दिनमा कोरोनाले पारेको असरसंगै बजारमा अक्सीजनको चरम अभाव भएको छ । यो भनेको लगभग संक्रमितहरुलाई अक्सीजनाको आवश्यकता परेको छ । अक्सीजनको भरमा जीवन बचाउनु पर्ने अवस्था सबैलाई सृजना भएको छ । अक्सीजन भनेको प्राणबायु हो यसको पनि प्रमाणित भइसकेको छ । त्यसैले यसको संरक्षणका लागि सबैले सहयोग गर्न आवश्यक छ ।

वीरगन्ज क्षेत्रमा धेरै अक्सीजन उद्योग पनि छैन । थोरै अक्सीजन उद्योगहरुले धेरै नागरिकहरुको जीवन बचाउन पर्ने छ । सरकारले यो अर्थमा पनि घरमा जथाभावी सिलिण्डर नराख्न भनेको छ । यस्तो अवस्थामा अनाश्यक रुपमा घरमा अक्सीजनाको सिलिण्डर पनि नराखौं बरु परेको खण्डमा सहयोग गरौं ।

Leave a Reply