जीतपुर,विवाहको प्रलोभन देखाएर किशोरीलाई करणी गरेको आरोपमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१० बेहराका ३० वर्षीय रमेश हजरा पासवान पक्राउ परेका छन्। १७ वर्षीया किशोरीलाई विवाह गर्छु भनी प्रलोभनमा पारी वीरगञ्जस्थित एक लजमा लगी पटक–पटक करणी गरी गर्भ बोकाएको भनी फागुन २१ गते प्राप्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई पक्राउ गरेको हो। पासवानमाथि बलात्कारको आरोपमा जिल्ला अदालत पर्साबाट सात दिन म्याद लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । फागुन २८ गते पक्राउ परेका पासवानलाई प्रहरीले आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here