आरके राजन

सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ स्थित कन्काली मन्दिर प्राङ्गणमा आइतवार चित्रकला प्रदर्शनी आयोजना गरिएको छ ।विकल्प आर्ट सेन्टर काठमाडौंको आयोजनामा भएको उक्त चित्रकला प्रर्दशनमा कन्काली मन्दिरको पर्खालमा कलाकारहरुले प्रचिन तिरहुत राज्यको राजधानी सिम्रौनगढ क्षेत्रको सांस्कृति झल्किने चित्रहरु बनाएका थिए ।कलाकारहरु आयुषा ढकाल, अल्शु अधिकारी, देबिना जोशी, समुन्द्र गुरुङ्ग र सुशान्त श्रीराजभण्डारी रहेको विकल्प आर्ट सेन्टरका निर्देशक सरोज महतो बताउनुभयो ।सो अवसरमा साहस नेपालको अध्यक्ष राजेश कुशवाहा, सखी महिलाको साथीका बिकी महतो, प्रयास फाउन्डेसन नेपालका प्रदीप कुशवाहाले कलाकारहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । स्थानीय मानवअधिकारकर्मी रन्जित कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युवा विद्यार्थी सिम्रौनगढका अध्यक्ष उमेश कुशवाहा तथा सन्चालन सन्नी गुप्ताले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here