नेपालका कृषक यसै पनि मारमा छन् अझै प्रकृतिले समेत उनीहरुलाई ठगेपछि त झनै मारमा पर्ने नै भए । अघिल्लो हप्ता आएको हावहुरीका कारण बाराको जीतपुर सिमरा उपमहानरपालिकाका कृषकहरुको केरा खेतीमा क्षति गरेको थियो । यसपाली आएको हावाहुरीले निजगढ क्षेत्रका स्थानीयहरुले लगाएको खेराखेती सखाप बनाएको छ । जसले गर्दा कृषकरु मारमा त परेका छन् नै यसले आम उपभोक्ताहरुलाई पनि मारमा पारेको छ ।

जिल्लाका कृषकहरुले उत्पादन गरेको केरा खेतीमा सखाप भएपछि अब केराको मूल्य वृद्धि हुने नै भयो । त्यसैगरी उपभोक्ताहरु पनि भारतबाट आयात गरिएको केरा उपभोग गर्न बाध्य हुने अवस्थामा पुगेका छन । यसबाट किसान र उपभोक्ता दुबै मारमा पर्ने भएका हुन । एक त सरकारले समेत कृषकलाई ठगिरहेको अवस्था छ, अर्कोतर्फ प्रकृतिले पनि कृषकहरुलाई ठगेको छ ।

कृषि प्रधान भनिएको देशका कृषकहरु यसरी पीडामा परेको बेला राहत उपलब्ध गराए त राम्रो हुने हो तर कसले गर्ने ? जसले पनि नेपाल कृषि प्रधान देश हो भन्दै कृषकको पक्षमा कुरा गरेको जस्तो गरे पनि वास्तविक रुपमा उनीहरुको पीडामा मलम लगाइदिने अहिलेसम्म कोही पनि देखापरेको छैन । तीन तहको सरकार भएर पनि यसरी कृषकहरु मारमा पर्नु भनेको दुःखको कुरा हो । जनताको सबैभन्दा नजिकको सरकार भनेर चिनिएको स्थानीय तहले पीडित किसानलाई राहत दिनेतर्फ तत्काल पहल गर्नुपर्छ ।

Leave a Reply