कलैया,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाराले २१ गतेको लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ बाराका तीन वटा क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।लोसपाले आगामी निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट ओमप्रकाश चौधरी र उमेश जयसवालको नाम सिफारिस गरेको हो भने क्षेत्र नमबर २ बाट श्यामप्रसाद गुप्ता, मोतिलाल कुशवाहा र नवलकिशोर सिंहको नाम सिफारिस गरेको छ ।

यस्तै लोसपाले बारा क्षेत्र नम्बर ३ बाट महम्मद फिरोज र डा.कमरुल्लाह अंसारीको नाम सिफारिस गरेको पार्टीले जनाएको छ । आउने फालगुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लागि प्रत्यक्षतर्फबाट सबै उम्मेदवारहरुको नाम सर्वसम्मतिमा सिफारिस गरिएको हो ।

Leave a Reply