अनिल तिवारी
सिमरा – सरकारी कागज, छाप र दस्तखत किर्ते गरी सार्वजनिक जग्गा हडप्न खोज्ने क्रममा बारा प्रहरीले सर्वोच्च अदालतका निबर्तमान सुब्बा सहित सात जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । अनुसन्धानको प्रक्रियामा रहेको बारा जितपुरसिमरा वडा नम्बर २३ को साविक कित्ता नम्बर ६१ को एक बिगहा १० का सार्वजनिक जग्गा काठमाण्डौ निवासी प्रधुम्नराज पाण्डेको नाममा दर्ता गर्न सर्वोच्च अदालतको अभिलेख शाखाको कागज किर्ते गरेको अभियोगमा प्रहरीले सर्वाेच्च अदालतका निबर्तमान नायब सुब्बा हस्तबहादुर नेपालीलाई पक्राउ गरेको हो ।

 

 

 

मंगलबार ईलाका प्रहरी कार्यालय सिमरामा पत्रकार सममेलनको आयोजना गर्दै सोही कार्यमा संलग्न बारा महागढिमाई नगरपालिका वडा नं ८ का वोहाव अन्सारी, बारा कलैयाका प्रह्लाद प्रसाद रेग्मि र कैलाली जिल्ला गोदावरी नगरपालिकाका चन्द्र बहादुर सिंहलाई समेत प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ परेका चारै जनाको मिलेमतोमा सर्वोच्च अदालतको कागज किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको उहांले जानकारी दिनुभयो ।

 

 

 

 

 

पक्राउ परेका सर्वोच्चका निवर्तमान सुब्बा सहितका सातै जनालाइ प्रहरीले म्याद थप गरी सरकारी काजग किर्ते मुद्दामा कार्यवाही चलाएको बाराका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिनुभएको छ । पथलैया- विरगञ्ज औधोगिक करिडोरको मुल सडकसंग जोडिएको बाराको करोडौ मुल्य पर्ने सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराउने कार्य गर्दै आएको पाण्डेले सर्वोच्च अदालतकै कर्मचारीलाई समेत प्रभावमा पारी २० बिगहा बहुमुल्य जग्गा आफ्नो नाममा दर्ता नै गराईसकेको प्रहरीको अनुसन्धानले देखिएको प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।

 

 

 

प्रहरीले साथै सरकारी कागज र छाप किर्ते गरी जितपुर सिमरा वडा नम्बर २ स्थित ज्ञानेश्वरी थपलियाको नाममा रहेका जग्गा बेचबिखन गरेको अर्को मुद्दामा प्रहरीले पर्सा जिल्ला बिरगञ्ज महानगरपालिका वडा नं १८ का बलराम रौनियार, पर्सा बहुदरमाई नगरपालिका २ बस्ने सलिम मियां र सोही ठेगाना बस्ने अर्का सुनिल कुमार यादवलाई समेत पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिमरामा आयोजीत पत्रकार सम्मेलनमा जील्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्र लगाएत विभिन्न संचारगृहका संचारकर्मिहरुको सहभागीता रहेको थियो ।

Leave a Reply