सरकारले यही पुस १६ गते वा सन् २०२०का लागि लक्षित गरी पर्यटन बर्ष घोषणा गरेको छ । जसलई अहिले भ्रमण बर्ष पनि भनिएको छ । भ्रमण बर्षका लागि लक्षित गरी अहिले बिभिन्न गतिबिधिहरु देशभर भइरहेका छन् । सरकारी स्तरबाट र निजी क्षेत्रबाट पनि भ्रमण बर्षको प्रवद्र्धन हुने काम भइरहेको छ । नेपाल भ्रमण बर्ष सन् २०२०का लागि लक्षित गरेर तराई मधेशका जिल्लाहरुमा पनि बिभिन्न गतिबिधहरु भइरहेका छन् ।

 

 

 

 

 

 

 

 

 

भ्रमण बर्ष सरकारले घोषणा गरेपनि यो नागरिकहरुका लागि पनि महत्वपूर्ण कुरा हो । नारिकहरुले नै साथ नदिने हो भने भ्रमण बर्ष सफल बनाउन हम्मे पर्दछ । भ्रमण बर्षका लागि लक्षित गरी तराई मधेका बिभिन्न पर्यटकीय स्थलहरुको पनि प्रचारप्रसार शुरु भएको छ । यसै मध्येको एउटा स्थल पर्सा राष्ट्रिय निकुञ्ज पनि एक हो ।

 

 

 

 

 

 

 

 

 

बारा,पर्सा लगायतका लगायतका केही जिल्लाहरुलाई यो आरक्षले छोएको छ । राज्यको एउटा महत्वपूर्ण पर्यटकीय स्थल मध्येको एक हो,यो निकुञ्ज । यसले भ्रमण बर्षका लागि लक्षित गरी बिभिन्न गतिबिधिहरु चलाएको जनाएको छ । यस्ता स्थलहरुको प्रचारप्रसार गरी आन्तरिक तथा बाहिरी पर्यटक प्रवद्र्धनका लागि सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आवश्यक छ ।

Leave a Reply