निजगढ,पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बाराको निजगढ नगरपालिका– ९ लच्का नजिक यात्रुबाहक बसको ठक्करबाट घाइते भएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।सिराहाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–०१ ख ३३१३ नम्बरको बसले ठक्करबाट बिहीवार राति करिब ११ः३० बजे घाइते भएका जीतपुरसिमरा उपमहानगरपालिका– १६ टाँगियाबस्तिका का ७८ वर्षीय सन्तबहादुर गुरुङको उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको हो ।निजगढको सामुदायिक अस्पताल प्रसूति गृहबाट थप उपचारका लागि कलैया प्रादेशिक अस्पताल लगिएको भएपनि गुरुङ्गको उपचारको क्रममा मृत्यु भएको थियो ।इलाका प्रहरी कार्यालय निजगढले उपचारका क्रममा गुरुङको बिहान १ः४५ बजे मृत्यु भएको जनाएको छ । घटनालगत्तै खटिएको प्रहरी टोलीले बस र चालक राजेन्द्र बिमलीलाई नियन्त्रणमा लिएको छ ।



















