निजगढ,निजगढ ९ स्थित गौरीशंकर क्याम्पसको निजगढ बाराको वार्षिकोत्सव कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
प्रमुख अतिथि निजगढ नगरपालिकाकी उपप्रमुख सोममायाँ थिङ्गले वार्षिकोत्सवको मुख्य ब्यानर पढेर र गमलामा पानी हालेर उद्धाटन गर्नुभएको सो कार्यक्रममा प्राध्यापक जीवन काफ्लेले क्याम्पसको शैक्षिक प्रगतिको विवरण र लेखापाल दिपक श्रेष्ठले आर्थिक अवस्थाको बारेमा प्रतिवेदन पेस गर्नुभएको थियो ।

क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका निजगढ नगर सचिव थानेश्वर सापकोटा अविरल, नेपाली कम्यूनिष्ट पार्टीका नगर अध्यक्ष सन्तोष दङ्गाल, जनमत पार्टीका मोजहर मन्सुर, क्याम्पस स्ववियु सभापती बालकृष्ण हुमागाँई, पूर्वविद्यार्थी संघका संयोजक केदार खरेल, क्याम्पसका प्राध्यापक गोविन्द अधिकारीलगायतले बोल्नुभएको थियो ।

त्यसैगरी मधेस विश्वविद्यालय वीरगञ्जका डिन तथा शिक्षाविद् अन्जन मिश्रले क्याम्पसको शैक्षिक गुणस्तर सुधारको लागि सुझावहरु दिनुभएको थियो ।

क्याम्पस प्राङ्गणमा भएको सो कार्यक्रममा शिक्षासेवी पद्मबहादुर भण्डारी र किरण श्रेष्ठले स्थापना गरेको अक्षयकोषको रकमबाट ०८१ सालको अन्तिम परीक्षामा उत्कृष्ट अंकसहित उर्तीण हुने व्यवस्थापन संकायकी छात्रा अर्चना बडाललाई ५ हजार राशीको नगद पुरस्कार वितरण गरिएको थियो ।साथै, कार्यक्रममा क्याम्पसका चन्दादातालाई सम्मानपत्र र वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको अतिरिक्त क्रियाकलापमा विजयी छाछात्रालाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।कार्यक्रममा विद्यार्थीहरुले चेतनामूलक नाटक र गीत तथा नृत्य प्रदर्शन गरेका थिए ।
प्राध्यापक सागर दहालले संचालन गरेको सो कार्यक्रममा क्याम्पस प्रमुख टिकाराम भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको छ ।

Leave a Reply