पुष्पराज खतिवडा
बारामा अनुचित लेनदेन (मीटर ब्याज) सम्बन्धी ७ सय ७९ वटा मुद्दामा मिलापत्र भएका छन् । जसअन्तरगत अनुचित लेनदेनको क्रममा साहुकहाँ रहेको ८३ कित्ता जमिन फिर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यसरी फिर्ता भएको जमिन २१ बिगाह १५ कठ्ठा १६ धुर रहेको जनाइएको छ । बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार उजुरीमा उल्लेखित माग भएको रकम २३ करोड ९२ लाख ३१ हजार ७८२ मध्ये १५ करोड १९ लाख ३७ हजार ४११ रुपैंयाको मिलापत्र भएको छ ।

अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी समस्या समाधानका लागि २०८० बैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दर्ता गरी दुबै पक्षका कुरा सुनुवाई हुँदै आएको थियो । दुबै पक्षलाई उपस्थित गराई सत्य तथ्य बुझेर सहजीकरण गरी समस्या सुनुवाइको क्रममा ७७९ वटा मुद्दामा मिलापत्र एवंम सहमति भएको नायव उपरीक्षक न्यौपानले जानकारी दिनुभयो ।बारामा अनचित लेनदेन (मिटर ब्याज) सम्बन्धि ३ हजार ३ सय २२ उजुरी दर्ता भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here