राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ धोबिनीमा शिक्षकहरुको लागि आइइएमआइएस ३ दिने तालिम आजदेखि शुरु भएको छ । धोबिनी गाउँपालिकाले श्री अजिज मियाँ माध्यमिक विद्यालयका शिक्षकहरुको लागि आयोजना गरिएको सो तालिमको उद्घाटन वडा नम्बर ५ का वडा अध्यक्ष मनौवर मियाँले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख जितेन्द्र चौहान, विद्यालयका प्रअ जितेन्द्र राम, श्री कालिप्रसाद माविका प्रधानाध्यापक हरिओम पटेल, भिखमपुर माविका प्रअ बिनयप्रसाद कुर्मी लगायत विभिन्न विद्यालयका प्रअ र शिक्षकहरुको सहभागिता रहेको थियो ।
तालिममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको बारेमा प्रशिक्षक जगमोहन रौनियारले प्रशिक्षण दिनुभएको थियो । गाउँपालिकाका विद्यालयकोसुधार गर्न विद्यालयका शिक्षकहरुलाई सो तालिम दिएको सहायक प्रशिक्षक गोबिन्द पटेलले जनाउनुभएको छ ।विद्यालयहरुमा दिवा खाजा, विद्यालय सुधार योजना, समयमा विद्यालयमा विद्यार्थीहरुको आन्तरिक परीक्षा, पढाउने नयाँ तरिकालगायत शैक्षिक सुधार र व्यवस्थापनको बारे पुर्नताजगी गराइएको गाउँपालिका शिक्षा शाखा प्रमुख चौहानले जनाउनुभएको छ ।तीन दिनसम्म चल्ने सो तालिममा धोबिनी गाउँपालिका अन्तर्गतका १८ वटा विद्यालयका शिक्षकहरुको सहभागीता रहेकोछ ।


















