सिमरा,ब्रेनहेमरेज भई चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत बाराका फोटो पत्रकार फैजुल्लाह आलमको कमजोर आर्थिक अवस्थालाई ध्यानमा राख्दै नेपाल पत्रकार महासंघ बारा शाखाले आर्थिक सहयोग प्रदान गरेको छ ।
उपचारका लागि केही राहत मिलोस् भन्ने उद्देश्यले महासंघ बाराका तर्फबाट रु २० हजारको चेक हिजो आलमकी श्रीमतीलाई परवानीपुरस्थित निवासमै पुगेर हस्तान्तरण गरिएको हो ।महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदी र कोषाध्यक्ष रञ्जन यादवले संयुक्त रूपमा सो चेक हस्तान्तरण गर्नुभएको थियो ।महासंघले पत्रकार आलमले पत्रकारिता क्षेत्रमा पु¥याउँदै आएको योगदानको कदर गर्दै कठिन घडीमा साथ दिनु आफ्नो दायित्व भएको माहासंघ बाराका अध्यक्ष सुवेदीले बताउँनुभयो ।

Leave a Reply