कलैया,बाराको फेटा गाउँपालिकाका गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ ।वीरगञ्जमा रास्वपाले आयोजना गरेको प्रथम महानगर भेला कार्यक्रमबाट अन्सारी रास्वपामा प्रवेश गर्नुभएको हो । रास्वपाका कार्यवाहक सभापती डिपी अर्यालले उहाँलाई पार्टीमा स्वागत गर्दै प्रवेश गराउनुभएको हो ।
त्यसअघि नेपाली कांग्रेसमा आबद्ध अन्सारीलाई २०७९ को निर्वाचनमा कांग्रेसले गाउँपालिका अध्यक्षको टिकट दिए पनि वडा अध्यक्षमा उहाँले चाहेका उम्मेदवारलाई टिकट नदिएपछि अन्सारी कांग्रेस छाडेर विवेकशील साझा पार्टीबाट गाउँपालिका अध्यक्षमा चुनाव लड्ेर विजयी हुनुभएको थियो ।पालिकामा प्रभावशाली अन्सारीको प्रवेशपछि बारामा रास्वपाको प्रभाव विस्तार हुने देखिएको छ ।

Leave a Reply