सिमरा,गणतन्त्र दिवसको अवसरमा अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले बुधवार वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।दिवसलाई उत्साहजनकरुपमा मनाउने क्रममा उपमहानगरपालिकाले पथलैया– वीरगञ्ज व्यापारिक मार्ग अन्र्तगतको सडकखण्डमा वृक्षरोपण गरेको हो । वृक्षरोपण कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत शान्तिराज प्रसाई, प्रशासन शाखा प्रमुख बालाराम खड्का, वातावरण शाखा प्रमुख ईन्जिनियर पुष्पा सिंह, नगर प्रमुखको स्वकीय सचिव रामकृष्ण श्रेष्ठलगायतका कर्मचारी, नगर प्रहरीलगायतको उपस्थिति रहेको थियो ।




















