कलैया,नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य अच्युत मैनालीलाई पार्टीको बारा जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।एमाले केन्द्रीय सचिवालयको आजको बैठकले मैनालीलाई बारा जिल्ला ईन्चार्जको जिम्मेवारी तोकिएको हो । बारा क्षेत्र नम्बर १ का निवर्तमान प्रतिनिधिसभा सदस्य मैनालीले यसअघि पर्सा जिल्ला र पार्टी निकट कानुन व्यवसायीहरुको संघगठको इन्चार्जको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ ।

यसअघि बारा जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य ज्वाला साहले सम्हाल्नुभएको थियो ।पार्टीभित्र शालिन नेताका रूपमा परिचित मैनालीको कार्यकाल सफलताको लागि पार्टी कार्यकर्ता र शुभचिन्तकहरुले शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply