मुुलुकमा करिब दश बर्षसम्म भएको सशस्त्र संघर्षको नेतृत्व गरेको पार्टी अहिले सरकारमा छ । त्यही पार्टीका कार्यकारी अध्यक्ष समेत रहेको पुष्प कमल दाहाल(प्रचण्ड) मंगलबार बाराको निजगढमा पुगे । उनले त्यहाँ पुगेका बिकासका कुरा गरे । उनी नै हिजो बिकास तत्काल संभव छैन भन्थे । यो सत्य कुरा के हो भने माअ‍ोवादीले चलाएको सशस्त्र संघर्षका क्रममा मुलुकमा धेरै क्षति भयो । बिकासका हिसावले पनि ठूलो क्षति मुलुकले ब्यहोर्न प¥यो ।

 

अब प्रचण्डले बिकास पहिलो एजेण्डा हुने कुरा बताएका छन् । मुलतः यो उनको भनाइ अब ब्यवहारमा उतार्न आवश्यक छ । सँधै बिनासको बाटोमा मुलुक लाग्दा मुलुकको अवगती भएको इतिहाँस साक्षी छ । त्यसैले अब बिकास पहिलो प्राथमिकता हुनु पर्दछ । राजनीतिक रुपबाट धेरै उपलब्धी हासिल भएका छन् अब यिनीहरु संस्थागत मात्रै भएपनि पुग्छ ।

 

धेरै बिकासका कार्यहरु अगाडि बढिरहेका छन् । बाराकै कुरा गर्दा दुर्त मार्ग बन्नु नै पर्दछ । बारा बिमान स्थल बन्नुको बिकल्प नै छैन। यो सरकारकै पालामा कम्तीमा बिमानस्थलको कार्य अगाडि बढोस् भन्ने चाहना सबैको हो । बारावासीको त यसैपनि हुने नै भइहाल्यो । त्यसैले अब हरेक राजनीतिक दल र पार्टीले बिकासलाई पहिलो एजेण्डा बनाउन आवश्यक छ । अनि मात्रै मुलुक सम्मृद्ध बन्नेछ ।

Leave a Reply