निजगढ,नेकपा एमालेको जारी ११औं महाधिवेशन बाराका नेता पुरुषोत्तम पौडेलले सचिव –खुल्ला ) तर्फको पदमा उम्मेदवारी दिनुभएको छ ।पूर्वपोलिटब्युरो सदस्य पौडेलले अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको समूहबाट सचिव पदमा प्रतिस्पर्धा गर्न लाग्नुभएको हो । अधिवेशनमा केपी शर्मा ओली र पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन ।

पार्टीको नीति, सिद्धान्तको स्पष्ट व्याख्या गर्न सक्ने तार्किक र धारावाहिक वक्ताको रुपमा परिचित पौडेलको उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिले चासोका साथ हेरेका छन ।त्यसैगरी पार्टीको केन्द्रीय सदस्य पदमा दुबै समूहबाट बाराका १ दर्जनभन्दा बढी नेताहरुको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेमा विघठित प्रतिनिधि सभाका सदस्य अच्युत मैनाली, पूर्वमन्त्री ज्वाला साह, पूर्वमन्त्री किसान श्रेष्ठ, पूर्वमन्त्री एकवाल मियाँ, मधेस प्रदेश सभा सदस्य मन्जु थापा, मधेस प्रदेश सभा सदस्य महमद समिर, संविधानसभा सदस्य वलवीर चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्व उपप्रमुख सरस्वती चौधरी, निजगढकी दुर्गा कोइराला र जीतपुरसिमराकी सीता सुवेदी प्रतिस्पर्धामा उत्रिएका छन् ।

त्यसैगरि सिता सुवेदी, दशरथ राम, मोमिन आलम, जीतपुरसिमरा– १४ की वडा अध्यक्ष चयन गुरुङ्ग, आदिवासी–जनजाती भूगोलमा आनन्द थामी, मधेसी खुल्लामा कमलेश झाले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरि पार्टीको अनुशासन आयोगमा महिला सदस्यमा कमला घिमिरे र लेखा आयोगको सदस्यमा टिना सुवेदी उम्मेदवार छिन् ।

सचिव पदमा उम्मेवारी दिएका पौडेल र केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका दुर्गा कोइराला, चयन गुरुङ्ग, दशरथ राम ईश्वर पोखरेल समुहबाट उम्मेदवार बनेका हुन भने ज्वाला साह, कृष्णकुमार श्रेष्ठ (किसान), अच्यूतप्रसाद मैनाली, एकवाल मियाँ, बलवीर चौधरी, मोहमद् समिर, एकवाल मियाँ, सिता सुवेदी, मन्जु थापा मगरलाई संस्थापन पक्षले मैदानमा उतारेको हो ।

त्यसैगरि अनुशासन आयोगकी उम्मेदवार कमला घिमिरे पोखरेल र लेखा आयोगको सदस्यमा टिना सुवेदी ओली समुहको उम्मेदवार हुन् ।

Leave a Reply