कृपा संवाददाता
हेटौंडा , ८ मंसिर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेमा बाघको आंकले स्थानीय वासिन्दाहरु त्रसित भएका छन् । गाउँमा दिहुँजसो बाघ आउन थालेपछी स्थानीय वासिन्दाहरु त्तसित भएका हुन् । मनहरीको वडा नम्बर ३ बोटे सुकौरामा बाघले गाई मारेको र मसिनेमा भने बाघले चार वटा बाख्रा खाएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।
बाघले गोठमै आएर गाई र बाख्रा खान थालेपछी स्थानीयहरु पनि त्रसित भएको अध्यक्ष उप्रेतीले वताउनुभयो । जंगलमा गाई र बाख्रा चर्न गएको वखत भन्दा पनि घर संगैको गोठमा आएर खान थालेपछी गाउँलेहरु थप समस्यामा परेका छन् ।