वीरगञ्ज,पर्साको पटेर्वा सुगौली गाउँपालिका– ४ देउरियामा बोराभित्र राखिएको अवस्थामा २० किलोग्राम चरेस बरामद भएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार करिब २० किलोग्राम लागु औषध चरेस सोमवार राति बरामद गरेको हो । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा हनुमान मन्दिरको छेउमा बोराभित्र रहेको चरेस बरामद गरेको प्रहरी निरीक्षक मोहन बुढाथापाले बताउनुभयो ।उहाँका अनुसार चरेस लिएर आउदै गरेको सूचना पाएपछि खेतको बाटो हुदै जादै गरेको अवस्थामा चरेस बोक्ने व्यक्तिले प्रहरीलाई देखेपछि चरेस छोडेर भागेका थिए । खेतको आलीमा प्रहरी लुकेर बसेको भन्ने सुईको चरेस तस्करले थाहा पाएपछि चरेस फालेर फरार भएको प्रहरीले बताएको छ ।बरामद चरेसको ओसारपसारमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

Leave a Reply