जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार अपरान्ह एक सूचना जारी गर्दै पर्सा जिल्लाभर बिहीबारबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । यो निर्णय पर्साको सवालमा तेश्रो पटक हो । यसअघि एक वर्षको अवधिमा पर्सामा कोरोनाकालमा दुई पटक लकडाउन भइसकेको छ । पर्सामा कोरोनाका कारण नागरिकहरुले ज्यान गुमाउने क्रम पनि तीव्र छ । २६ घण्टाको अवधिमा ६ जना नागरिकहरुको कोरोनाका कारण ज्यान गएको छ ।

यही संवेदनशिलतालाई ध्यानमा राखेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्लामा कोरोनाको चाप बढेपछि पनि प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । यसले कोरोना नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने आश नागरिकहरुका र स्थानीय सरकारी अधिकारीहरुको पनि छ ।

प्रशासनले जारी गरेको निषेधाज्ञाको सबैको पालना गर्न आवश्यक छ । यो आम नागरिकहरुको लागि नै निषेधाज्ञा लगाइएको हो । आम नागरिकहरुको स्वास्थ्यको सवालमा प्रशासन कठोर बनेको हो । त्यसैले पनि प्रशासनले जारी गरेको नियमको पालना गरौं र आफै पनि सावधानी होऔं । यद्यपि निषेधाज्ञा नै अन्तिम अस्त्र भने अवश्य नै होइन । त्यसैले पनि यस्ता विषयमा सचेत हुन जरुरी छ र सावधानी अपनाउन पनि आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here