बिदुर खडका
डुमरवाना,राष्ट्र बैङ्कले जारी गरेको चालू पुँजी कर्जा मार्गदर्शण २०७९ खारेजीको माग राखेर व्यवसायीहरुले दबाबमुलक सडक आन्दोलन संचालन गरेको पनि हप्तौ बितिसकेको छ । तर सम्बन्धित पक्षले उनीहरुको माग शंवोधन गर्ने बारेमा कुनै चासो देखाएको छैन ।
राष्ट्र बैकको निर्देशिकाले ब्यापारी र उद्योगी एंव व्यवसायीहरुलाई ऋण लगानी गर्न बन्द गरी लगानीमा रहेको रकम असुल्ने काम मात्र गरिरहेकोले व्यवसायीहरु मारमा परेकोजीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा बताउनुहुन्छ ।
पीडित व्यवसायीहरुले बैङ्कको निर्णयका कारण आफूहरु आत्माहत्या गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन । ‘कर्जा लगानीकर्ता बैंङ्कहरु नाफामा गएकाछन, उनले भने तर ऋणीव्यापारीहरु भने चर्को ब्याजका कारण आत्माहत्या गर्नुपर्ने अवस्थमा छन ।’ उनले ८ प्रतिशत ब्याजमा भनेर बैङ्कबाट लिएको ऋण हाल बढेर १५ प्रतिशतसम्म पुगेको सुनाउदै मनलाग्दी ब्याज दर वृद्धि गरेर बैङ्कले कानुन विपरित कार्य गरेको बताए ।
यता आन्दोलनरत व्यवसायीहरु भने आगामी दिनहरुमा आफना मागहरुको शंवोधन नभए उद्योग र पसलको ताला चाबी बैङ्गहरुलाई नै बुझाइदिने र उद्योग संञ्चालनको जिम्मा पनि बैङ्कलाई नै दिने बताउँछन ।


















