मुलुकमा लोकतन्त्र सबैका लागि प्रिय हुनुपर्दछ । कसैको निषेधले कसैलाई फाइदा गर्दैन ।एमाले पनि यो देशको एउटा मुख्य शक्ति हो । एमालेभित्र केही खराब प्रवृत्तिका मान्छे होलान् नै तर पूरै निषेध गर्ने कुरा समाज र देशका लागि राम्रो हुदैन । यसले देश भयानक दुर्घटनामा पर्नसक्छ र गृहयुद्ध हुने संभावना रहन्छ र देशमा अशान्तको वातावरण बन्छ जसले कसैलाई पनि फाइदा गर्दैैन ।

बुधवार बाराको सिमरामा एक खालको गतिविधि भयो । जसले नत चुनावको माहौल बन्नसक्छ न त जेनजीहरुको भावनाको नैं संबोधन हुने देखिन्छ ।एमालेका नेतालाई निषेध गर्न खोज्दा सिमरामा अप्रिय नै घटना घटेको छ । बुधबार दुई पक्षबीचमा झडप मात्र होइन राष्ट्रिय सम्पत्ति फेरि तोडफोड भएको छ । फेरि सार्वजनिक सम्पत्तिमाथि नै आक्रमक गरिएको छ । जसले कसैलाई फाइदा गर्दैन । कसैलाई मन पर्दैन भने बरु बिचारले उसलाई समाजमा निषेध गर्न सकिन्छ । जनतामा यो कुुरा लैजादा हुन्छ तर आपसी झडप र निषेधको राजनीति कदापि ठीक होइन ।
जेनजीहरुले पनि यो कुरा बुझ्न आवश्यक छ । झगडा गरेर, कसैलाई निषेध नै गरेर चैं सफल भइदैन बरु कसैको गलत हर्कतको भने भण्डाफोर गर्न सकिन्छ । यो अभियान चलाउदा चैं उचित हुन्छ ।सिमरामा नेकपा एमालेका महासचिव शंकर पोखरेललगायतका नेताहरुलाई पार्टीको कार्यक्रममा सहभागी हुन रोक्ने गरी बुधवार जेनजीको नाममा भएको घटना निकै दुःखद छ । यस्तो घटना फेरि कतै नहोस् भनेर सबै गम्भीर बन्नुपर्दछ । यस्तै घटना भए चुनाव कसरी संभव होला र ?

















