सिम्रौनगढ,बाराको सिम्रौनगढमा सिके राउत नेतृत्वको जनमत पार्टीको नगर भेला शनिवार सम्पन्न भएको छ ।
जनमत पार्टीको सिम्रौनगढ नगर कमिटीका अध्यक्ष बिजय ठाकुर लोहारको अध्यक्षतामा भएको नगरमा नगर अधिवेशन आयोजना गर्ने बारेमा छलफल भएको बताइएको छ । भेलाले अधिवेशनमा अत्याधिक जनसहभागिता जुटाउने, पार्टीको संघगन विस्तार तथा कार्यकर्ता व्यवस्थापन गर्ने विषयमा छलफल भएको बताइएको छ ।सो कार्यक्रममा केन्द्रीय सदस्य राईटर रामबाबु पटेल, बिजय गुप्ता, विद्यार्थी जनमत संघ जिल्ला अध्यक्ष सन्जय साह, बारा जिल्ला किसान संघको अध्यक्ष गगनदेव कुशवाहा, बारा जिल्ला बरिष्ठ मण्डलका सदस्य जिमदार ठाकुर, चन्दन शर्मा, महिला संघ सिम्रौनगढको अध्यक्ष नितु कर्ण, प्रतिमा मुखिया लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply