वीरगञ्ज,अनुचित लेनदेन (मिटर ब्याज) को आरोपमा पर्सा जिल्लामा एक जना शिक्षक पक्राउ परेका छन् । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ४, मधवल निवासी हाल वीरगञ्ज वडा नम्बर ११ श्रीपुरमा बसोबास गर्दै आएका गायाप्रसाद चौरसियालाई असोज २ गते पर्सा प्रहरीले पक्राउ गरेको हो ।

चौरसियामाथि अनुचित लेनदेन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान गर्दै आएको छ । प्रहरीले जानकारी दिएअनुसार, पक्राउ परेका चौरसियालाई अभद्र व्यवहारको मुद्दामा पर्सा जिल्ला अदालतले ७ दिनको म्याद थप गरेको छ ।चौरसियामाथि बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ का आत्माप्रसाद चौरसिया, वीरगञ्ज वडा नम्बर १५ भेडियाहीका राधेश्याम सर्राफ र बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ गर्दौलकी बिन्दादेवी कुर्मीसहित दर्जनौं पीडितले मिटर ब्याजमा फसाएको आरोप लगाएका छन् ।

Leave a Reply